add

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाईट उद्‍घाटन






ActPro Nepal

|

१६ असार, २०७९

|
933

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा आएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं। ३ कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाईट जडान गरि संचालनमा ल्याएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उक्त नयाँ ट्राफिक लाईटको स्वीच अन गरी उद्‍घाटन गरेका हुन् । 

उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिंदै आएको बताए ।

‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ ।’ जोशीले भने, ‘प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।’

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक लाईट जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने कुरामा जोडिन पाउँदा हर्षित रहेको र सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताए । 

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । हाल उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक लाईटबाट सवारी व्यवस्थापन हुदैँ आएको छ भने १३ स्थानमा परिक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य भईरहेको छ । 

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाईटको पूर्ण पालना गरि ट्राफिक व्यवस्थापन सहयोग गरिदिनु हुन सम्पूर्णसवारी चालक तथा पैदलयात्रीहरूलाई ट्राफिक कार्यालयले विशेष अनुरोध समेत गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.