add

असार १५ अर्थात राष्ट्रिय धान दिवस, किन खाइन्छ दहि चिउरा ?






ActPro Nepal

|

१५ असार, २०७९

|
627

काठमाडौँ । आज असार १५, अर्थात किसानहरुको पर्व । आजकाे दिनलाई सरकारी तवरबाटै राष्ट्रिय धान दिवसकाे रूपमा समेत मनाइन्छ । यस अवसरमा दिनमा नेपालभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने गरिन्छ ।

विशेषगरी असार १५ मा असारे गीत गाँउदै धान राेप्ने, हिलाे खेल्ने र दहि चिउरा खाने पुरानाे परम्परा रहि आएकाे छ । दहि चिउरा खाने परम्परा कहिलेदेखि सुरू भयाे भन्ने एकिन नभएपनि धान राेप्ने चलन सुरू भएदेखि नै याे परम्परा रहेकाे मानिन्छ ।

नेपालकाे अर्थतन्त्र कृषिमा आधारित रहेकाे र धान नेपालमा लगाइने मुख्य बाली भएकाले नेपालमा धानबालीकाे ठूलाे महत्व रहेकाे छ ।

सिंचाइकाे राम्राे सुविधा अधिकांश फाँटहरूमा नभएकाले धान लगाउन आकाशे पानीमै भर पर्नुपर्ने बाध्यता रहेकाे छ । त्यसैले वर्षायाममा कृषकहरूलाई धान राेप्ने चटाराे हुन्छ ।

किन खाइन्छ दहि चिउरा ?

स्वादिलाे र स्वस्थबर्धक हुने भएकाले पनि १५ असारमा विशेष खाजाकाे रूपमा दहि चिउरा खाने चलन बसेकाे मानिन्छ । दहि चिउराकाे खाजाले राेपाइ गर्दाकाे थकान मेटाउने र शरिरमा उर्जा भर्ने विश्वास रहि आएकाे छ ।

असारकाे मध्यमा याे पर्व पर्ने भएकाले खेतमा काम गर्न्र लाठे, राेपारहरूले खाजाकाे रूपमा दहि, चिउरा, केरा खाने गर्छन् । गर्मीमा दहिले शित्तलता पनि प्रदान गर्ने गर्छ ।

आफ्नाे खेतिपाती नभएका मानिसहरू समेत १५ असारकाे दिनमा मात्रै भएपनि अरूकै खेतमा गएर खेतकाे काम गर्ने, हिलाे खेल्ने र दहि चिउरा खाँदै रमाइलाे गर्ने गर्छन् ।

तन्नेरी लाठे र राेपारबीचमा हिलाे छ्यापाछ्याप गर्ने र असारे भाकाकाे गीत गाउने चलन पनि छ । असार १५ मा दहि चिउरा खाएर खेतमा काम गर्ने पुरानाे परम्परालाई सम्झँदै आजभाेली नेपालका गाउँमा मात्रै हाेइन शहरबजारमा समेत आजकाे दिनलाई दहि चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका र विदेशमा भएका नेपालीले पनि आज दहि चिउरा खाई असार १५ मनाउँछन् ।

दहिलाई हाम्राे सँस्कृतिमा शुभ मानिन्छ, त्यसैले कुनै शुभकार्य गर्नुअघि सगुनका रुपमा पनि दहि खाने खुवाउने गरिन्छ ।

दहि वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यबर्धक मानिन्छ । दहीले हाम्राे शरीरकाे पाचन शक्ति पनि बढाउँछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.