add

३२ रिक्त एसएसपी बढुवाको तयारी, एसपीहरू दौडधुपमा






ActPro Nepal

|

१४ असार, २०७९

|
729

काठमाडौं । गृहमन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को बढुवा तयारी थालेको छ । ८ असारमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएर खाली भएको तथा केही एसएसपीले अवकाश पाएपछि रिक्त रहेको पदका लागि बढुवा गर्ने तयारी थालेको हो  ।

काठमाडौँ परिसर र उपत्यका अपराध अनुसन्धान महाशाखा नेतृत्वविहीन भएका छन् । कार्यविभाग, मानव श्रोत विभाग, अपराध अनुसन्धान विभाग, विपद् व्यवस्थापन कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, मानव बेचबिखन ब्युरो एसएसपी विहीन भएका हुन् । यहाँ कार्यरत एसएसपीहरू डिआइजी बढुवाका लागि सिफारिस भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ट्राफिक महाशाखा, प्रदेश १ तालिम केन्द्र, अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, उपत्यका प्रहरी कार्यालयमा पनि दुवै एसएसपी छैनन् ।

प्रहरी शिक्षालय भरतपुर, प्रहरी प्रशिक्षण प्रतिष्ठान, महिला तथा जेष्ठ नागरिक सेवा महाशाखाका एसएसपी पनि डिआइजी बढुवाका लागि सिफारिस भएसँगै रिक्त भएको छ । एसएसपीले नेतृत्व गर्ने कार्यालयहरू रिक्त हुँदा शान्ति सुरक्षामै असर पर्ने भएकाले सरकारले केही दिनमै बढुवा गर्ने गृह मन्त्रालयले जनाएको छ । बुधबार बढुवा सिफारिस डिआइजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने तयारी भइरहेको छ ।

को-को छन् प्रतिस्पर्धामा ?

रिक्त हुने ३२ एसएसपीमा अटाउन सिनियर ३४ एसपीबिच कडा प्रतिस्पर्धा छ । २०५६ मा निरीक्षकमा भर्ना भएकालाई पनि बढुवा नगरिए २ जना मात्रै फालिनेछन् । एसएसपीको प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धान विभागबाट आएका १८ जना एसपी एसएसपी बन्ने दौडमा छन् ।

यस्तै २०५२ मा भर्ना भएका दुई जना एसपी पनि एसएसपीको लबिङमा छन् । कञ्चनपुरकी किशोरी निर्मला पन्तको घटना अनुसन्धानका क्रममा कारबाहीमा परेर सर्वोच्च अदालतले सफाइ दिएका एसपी डिल्लीराज विष्ट पनि एसएसपीमा बढुवा हुने सम्भावना छन् । सोही ब्याचका गणेश चन्द पनि एसएसपीको दौडमा छन् । सँगै भर्ना भएकी उनकी पत्नी दुर्गा सिंह भने डिआइजी बढुवाका लागि सिफारिस भइसकेकी छन् । नेपाल प्रहरीकै लागि प्रतिस्पर्धा गरेका उनलाई सरकारले राष्ट्रिय अनुसन्धान विभागमा नियुक्त गरेको थियो । पछि उनी नेपाल प्रहरीमै फर्किए पनि ब्याचीभन्दा पछि परेका थिए ।

अहिले प्रतिस्पर्धामा रहेका विष्ट बाहेक ३३ जना एकसाथ एसपी बढुवा भएका हुन् । डिएसपी भने दुई चरणमा भएका थिए । पहिलो नम्बरमा एसपी सिद्धिविक्रम शाह छन् । उनीसहितको टोली २०५३ मा अनुसन्धान विभागमा खुल्ला प्रतिस्पर्धामा भर्ना भएको थियो । यस्तै अनुसन्धानकै २०५४ र २०५५ मा आन्तरिक रूपमा भर्ना भएका ६ जना पनि एसएसपीको बढुवाको लाइनमा छन् ।

सुशिलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत, मनोज यादव, दिलीपसिंह देउवा, सञ्जीव शर्मा दास एसएसपी बन्ने सम्भावना छ । विनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, रामेश्वरप्रसाद यादव, शारदाप्रसाद चौधरी र दीपेन्द्र घर्तीपनि प्रतिस्पर्धामा छन् ।

यता २०५४ मा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएको टोलीबाट राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल पनि बढुवा हुने करिब निश्चित छ । यही ब्याचका राजेन्द्रप्रसाद भट्ट, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी र लोकेन्द्र श्रेष्ठ पनि बढुवाका लागि पहल गरिरहेका छन् ।

यसपटकको बढुवामा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली र नेपाल प्रहरीमै भर्ना भएको टोलिबीच वरीयतामा को अगाडी आउने भन्नेमा चर्को प्रतिस्पर्धा छ । अनुसन्धान विभागबाट आएका सिद्धिविक्रम शाह पहिलो नम्बरमा यथावत् रहन चाहन्छन् । यता अर्को टोलीबाट दानबहादुर कार्की पनि वरियतामा अगाडी आउन लागिरहेका छन् । दुवै जना यो टोलीबाट अब्बल मानिन्छन् ।

कार्की कपिलवस्तुमा र शाह ललितपुर परिसरमा कार्यरत छन् । यो ब्याचबाट २०८२ सालपछि प्रहरी नेतृत्वमा पुग्नेछन् । पुरानो टोलीका डिल्लीराज विष्ट पनि पहिलो नम्बरमा बढुवा हुने सम्भावना छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.