add

निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई






ActPro Nepal

|

९ असार, २०७९

|
1039

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपुराज ज्वारचनले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई दिएका हुन ।

गत कात्तिकमा मन्त्री आलेकाे सिफारिसमा निगमकाे कार्यकारी अध्यक्षमा नियुक्त भएका युवराज अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो । कार्यकारी अध्यक्ष निलम्बनमा परेसँगै मन्त्री आलेले महाप्रबन्धकको जिम्मोवारी ज्वारचनलाई दिएको हो ।

महानिर्देशकको थप जिम्मेवारी प्राप्त भएको उनले बताए । ज्वारचन यसअघि निगमको अपरेशन विभाग प्रमुखका रहेका थिए भने उनी एयरबस ३२० जहाजका प्रशिक्षक पाइलट समेत हुन ।

उनी विगत १३ वर्षदेखि निगमका कार्यरत रहेका छन् ।


      




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.