add

चोरीका १९ मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण






ActPro Nepal

|

२६ जेठ, २०७९

|
1472

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।

विभिन्न मिति र स्थानबाट हराएका भनीपरेको हुलिया निबेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।

उनले भने ‘हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा विशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं ।’ अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।’

थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताए ।

सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे ।

यस आ.व. ०७८/०७९ मा ४३१ वटा मोटरसाइकल सम्बन्धितधनीलाई जिम्मालगाइ सकेको छ भने ४३ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउगरि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ।

मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रियरहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लगइन गरेर अनलाईन मार्फतसमेत निवेदन दिन ट्राफिक कार्यालयले भएमा आफू सजग भई तुरुन्तै खबर गर्न अनुरोध गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.