add

२१ अर्ब ९ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार दिउँसो ३ बजे बोलकबोल






ActPro Nepal

|

२२ जेठ, २०७९

|
906

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार २१ अर्ब ९ करोड करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।

बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत सोमबारदेखि ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

बैंकले ९१ दिन अवधिको ४ अर्ब २६ करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको छ अर्ब ८३ करोड गरी जम्मा २१ अर्ब ९ करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जनाएको छ ।

९१ दिन अवधिको ट्रेजरी आगामी भदौ २१ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी मंसिर २० र ३६४ दिने ट्रेजरी २०८० साल जेठ २३ मा परिपक्व हुनेछ ।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

यी ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे बोलकबोल भएर जेठ २३ गते, मंगलबार बिक्री हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.