add

यौन दुर्व्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका होस्टल वार्डेन फरार, प्रिन्सिपल नियन्त्रणमा






ActPro Nepal

|

२१ जेठ, २०७९

|
741

काठमाडौं । यौन दुर्व्यवहार आरोप लागेपछि काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत फरार भएका छन्।

सो विद्यालयका छात्राहरुले यौन दुर्व्यवहार आरोप लगाएपछि उनी फरार भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

आफ्ना सन्तानमाथि यौन दुर्व्यवहार भएको खबर पाएपछि आक्रोशित बनेका अभिभावकहरु आज (शनिबार) होस्टलमा पुगेका थिए। 

होस्टल घेर्न पुगेका उनीहरुले आरोपित होस्टल वार्डेन, विद्यालय प्रशासनविरुद्ध नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग राखेका छन्।

होस्टलमा नाराबाजी भएपछि सुरक्षा दिन पुगेको प्रहरीले प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार छात्राहरुले घटनाबारे बिहीबार नै प्रिन्सिपललाई जानकारी गराएको भए पनि कुनै कदम नचालिएको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्।

अभिभावकहरुले यौन दुर्व्यवहारका आरोपित होस्टल वार्डेनविरुद्ध प्रहरी वृत्त बौद्धमा जाहेरी दिने तयरी गरेकाे जनाइएकाे छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.