add

प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी पुरस्कृत






ActPro Nepal

|

१२ जेठ, २०७९

|
1155

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी पुरस्कृत भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल जिल्ला मानिएको काठमाडौं जिल्लामा कुनै अप्रिय घटना नभएको शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको भन्दै  प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले नगद सहित प्रसंसा पत्रले सम्मान गरेका हुन ।

चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि काठमाडौंमा कुनै अप्रिय घटना हुन पाएन । यहि अवस्थाको मूल्यांकन गर्दै काठमाडौ जिल्ला प्रशासनले अब्बल सुरक्षा अधिकारी जोशीलाई प्रशंसापत्र तथा नगदले पुरस्कृत गरेको हो ।

आफ्नो जिम्मेवारी इमानदारी र उत्कृष्ण ढंगले कार्यसम्पादन गरेको पाइएकाले उनीहरुलाई नगदबाट पुरस्कृत गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.