काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जनालाई बढुवाको सिफारिस गरेको हो । बढुवा सिफारिस सूची अनुसार डीआईजी उत्तमराज सुवेदी, १ नम्बरमा दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यस्तै मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।
यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएकोमा उमेरहदका कारण उनले शनिबारबाट अवकाश पाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।