new mega bankadd

भरतपुर नगरपालिकामा रेनु दाहालको फराकीलो अग्रता,कसले कति मत पाए ?






ActPro Nepal

1094

2022 May 15

चितवन । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन्। 

२ हजार ९६८ मत गणना हुँदा रेनुले ११०५ मत पाएकी छन्। उनलाई नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन्। सुवेदीले १००७ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

यस्तै उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले अग्रता लिएकी छन्। अधिकारीले १२२६ मत प्राप्त गरेकी छन्। उनलाई राप्रपाकी हिमला गुरुङले ८३० मतका साथ पछ्याइरहेकी छन्।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.