राष्ट्र बैंकद्वारा ७ अर्ब रुपैयाँ लगानीका लागि प्रस्ताव आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार कुल रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूमा ५ अर्ब ६० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा १ अर्ब ५ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ३५ करोड रुपैयाँ लगानी गरिनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाएर २०८१ असार ३ गते साँझ ७:०० बजेसम्म तोकिएको इमेल ठेगानामा आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ। उक्त लगानी ३६६ दिनको अवधिका लागि हुनेछ।

राष्ट्र बैंकले आवेदन दिने संस्थाका लागि केही अनिवार्य मापदण्डसमेत तोकेको छ। आवेदन दिने बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, निष्क्रिय कर्जा (एनपीएल) ५ प्रतिशतभन्दा कम भएको तथा राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्ने शर्त राखिएको छ।

राष्ट्र बैंकको यो लगानी व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।