काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
राहदानी खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई मंगलबार नियन्त्रणमा लिइएको आयोग स्रोतले जानकारी दियो ।
यसअघि आयोगको टोलीले सोमबार साँझ विभागबाट केही कागजात नियन्त्रणमा लिएको थियो ।
आयोगले विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा बताइएको छ ।
उनीहरूमाथि अहिले सोधपुछ चलिरहेको आयोग स्रोतले जनाएको छ ।

Comment