add

नुवाकोटको तारकेश्वरमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले






ActPro Nepal

|

३१ वैशाख, २०७९

|
1862

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

ताजा विवरणमा कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार शिव अधिकारीले १८७ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार रमेशबहादुर वस्तीले ७९ मतका साथ पछ्याइरहेका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ । तर यसमा मतान्तर निकै झिनो छ । निर्वाचत अधिकृतको कार्यालयका अनुसार, माओवादी केन्द्र र एमाले उपाध्यक्षका उम्मेदवारले हासिल गरेको मत क्रमशः ९३ र ८५ छ ।

६ वटा वडा रहेको यो गाउँपालिकको वडा नं. ६ बाट मतगणना सुरु भएको हो । वडा नं. ६ को वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । वडा नं. ६ का कांग्रेस वडाध्यक्ष उम्मेदवारले १३६ मत हासिल गर्दा एमालेका उम्मेदवारले ९७ र माओवादीका उम्मेदवारले ४८ मत पाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.