काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले षडयन्त्रको जगमा खडा गरिएको सत्ता गठबन्धन आफ्नै ‘पापको भारी’ ले किचिएको दाबी गरेका छन्।
आइतबार साँझ फेसबुकमा आफ्नो राय लेख्दै उनले त्यस्तो दाबी गरेका हुन्।
‘स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन सायद आफ्नै पापको भारीले किचिँदैछ,’ पूर्वमन्त्रीसमेत रहेका पोखरेलले दाबी गरे । उनले विभिन्न बहानामा स्थानीय निर्वाचन मिति सार्ने प्रयास सत्ता गठबन्धनभित्र भएको दाबी गर्दै पोखरेलले त्यसका लागि सबैतिरबाट खबरदारी गर्नुपर्ने बताए।
‘विभिन्न बहानामा निर्वाचन सके टार्ने/नभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘ सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोसिस गर्न खोजिदैछ । सावधान हुनु र सबैतिरबाट खबरदारी गर्नु जरूरी छ!!’ उनले भने।
केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचन मिति सर्न सक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । यहि वैशाख ३० गते लाई स्थानीय निर्वाचन मिति तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.