काठमाडौं। नेपाल प्रहरीले अनलाइन पुलिस क्लियरेन्स रजिष्ट्रेसन ओिपीसीआर प्रणलीमा डिस्पोजेबल इमेल प्रयोग नगर्न अनुरोध गरेको छ ।
कतिपय प्रयोगकर्ताहरूले अनलाइन पुलिस क्लियरेन्समा डिस्पोजेबल इमेल प्रयोग गरी आवेदन दिने गरेको पाइएकोले प्रहरीले एक सूचना जारी गर्दै डिस्पोजेबल इमेल प्रयोग नगर्न अनुरोध गरेको हो ।
यस्ता डिस्पोजेबल इमेलबाट प्रयोगकर्ताको संवेदनशील र गोप्य कागजहरूमा अनाधिकृत पहुँच पुग्ने प्रहरीको भनाइ छ ।
संवेदनशील प्रणालीमा डिस्पोजेबल इमेल प्रयोग नगरी व्यक्तिगत इमेल प्रयोग गर्न र ओपीसीआर प्रणालीको पासवर्ड समय समयमा परिवर्तन गर्न अनुरोध गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।