add

ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण






ActPro Nepal

|

९ चैत, २०७८

|
1022


काठमाडौँ  । ट्राफिक प्रहरीलाइ विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरिएको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण  गरेकी हुन ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्‍वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी साधन संगसंगै भईरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई निरूत्साहित एवम् नियन्त्रण गर्नका लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध  गराइएको बताइन् ।   ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुहुदैँ उक्त उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत समेत बताइन् ।

महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरु प्राप्तिमा शहरी बिकास मन्त्रालय तथा बिकास प्राधिकरणले गरेको पहल एवम् अग्रसरतालाई हृदयदेखी नै धन्यबाद तथा आभार व्यक्त गरे  

उनले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्नुका साथै अधिकतम उपयोग गरि ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवम् प्रभावकारी बनाउने विश्वास पनि दिलाए ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.