काठमाडौं । वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्।
१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन्।
भर्ना हुन स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ।
म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने गृह मन्त्रालयले जनाएको छ।
म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन्। ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउने छन्।
तल जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना उपलब्ध छ। सोहीबमोजिम देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन आह्वान गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।