काठमाडौं । ट्राफिक प्रहरीले हराएका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । हस्तान्तरण गरिएका २१ मध्ये १६ वटा मोटरसाईकल र ५ वटा स्कुटर रहेका छन ।
ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए ।
उनले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको छ तर अव भने हराउनै नदिनको लागी धनी समेत बिशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताए ।
पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्य डियो स्कुटर र पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । धनीले दिएको निबेदन हुलियाको आधारमा बिभिन्न पार्किङ्ग स्थलहरुबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ ।
त्यस्तै महाशाखाका प्रमुख जोशी आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कर्ययोजना बनाई चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएपछि दुई महिनामै ८८ वटा मोटरसाईकल फेला पारी धनी जिम्मा लगाई सकेको महाशाखाले जनाएको छ भने २५६ वटा मोटरसाईकल हराएको निवेदन परेको छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।