मोरङ । १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ सुन्दर हरैँचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन्। आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको आरोप लागेका दुवैलाई सार्वजनिक गरेको हो।
पक्राउ परेका दुवै जनाले ललाईफकाई नजिकैको झाडीमा लगेर बलात्कार गरेको स्वीकार गरेको मोरङ प्रहरीले दाबी गरेको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी बालिकामाथि शुक्रबार दुवै अभियुक्तले बलात्कार गरेका थिए। यसपछि उनीहरू दुवैले बालिकाको टाउकोमा ढुंगा प्रहार गरेका थिए। बालिकालाई गम्भीर घाइते अवस्थामा घर नजिकैको झाडीमा फेला पारिएको थियो। उनीहरूविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा शनिबार मृत्यु भएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।