add

लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न






ActPro Nepal

|

२८ फागुन, २०७८

|
1639

काठमाडौं । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ। 

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र समुदाय सरकारी वकिल कार्यक्रम अन्तर्गत  सम्पन्न उक्त कार्यक्रममा लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ?  लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन् ?  यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? लगायत बारेमा लगायत बारेमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले  बताए। 

लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय कुमार प्रसाइ , कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठानका जुम्लाका डाक्टर अरविन्द शाक्य, विद्यार्थीहरुको साथै विद्यालयका शिक्षक, डाक्टर ,समाजका अन्य व्यक्तिको पनि उपस्थित थियो।                



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.