काठमाडौं । शेयर बजारको ओरालो यात्रा रोकिएको छ । गतसातादेखि लगातार ओरालो लागेको बजारमा आज न्यून अंकको सधार आएको हो ।
सूचकसँगै कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोडले बढेर साढे २ अर्ब नाघेको छ ।
सोमबार सेयर बजार मापक सूचक नेप्से १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेको छ । यसदिन २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँ बराबरको ५३ लाख १५ हजार २९२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.५८ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले घटेको छ ।
कारोबार भएका २३० कम्पनीमध्ये ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे २७ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, नेपाल टेलिकम १२ करोड र नेपाल लाइफ इन्स्योरेन्स ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले बढेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले बढेको छ । त्यस्तै, बोटलर्स नेपाल ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१, नेपाल टेलिकम ३.१८, शिवश्री हाइड्रोपावर ३.०८, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, वीन नेपाल लघुवित्त र शिवम् सिमेन्टको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।