add

नेप्सेमा लगातार गिरावट, ३ अर्ब २७ करोडको कारोबार






ActPro Nepal

|

१५ फागुन, २०७८

|
486

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गतसातादेखि ओरालो लागेको बजारले आज पनि सोही लय समातेको हो ।

सूचक जस्तै कारोबार रकममा पनि उत्साह आउन सकेन । आज सवा ३ अर्बको सेयर खरिदविक्री भएको छ ।

आइतबार नेप्से ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ बराबरको ७० लाख ४० हजार ५६३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र अन्य बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०४ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.०९ प्रतिशतले घटेका छन् ।

कारोबार भएका २२४ कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम १९ करोड र नेशनल हाइड्रोपावर १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

सामान्य अंकले घटेको हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ४.५८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, तेह्रथुम पावर ४.०२, सामलिङ पावर ३.६५, नारायणी विकास बैंक ३.१४, शिवम सिमेन्ट ३.०५, कर्पोरेट डेभलपमेन्ट, एनआइबीएल प्रगति फण्ड, सनराइज ब्लुचिप फण्ड, नेरुडे लघुवित्त र मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.