add

शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी






ActPro Nepal

|

१२ फागुन, २०७८

|
389

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ५८. ९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँ बराबरको८४ लाख ९० हजार ६८९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्सका लगानीकर्ता रहेका छन् ।

फाइनान्स समूह सबैभन्दा धेरै ३.०१ प्रतिशतले घटेको छ ।

त्यस्तै, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतले घटेका छन् ।कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रो पावर कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ ।

तेस्रोमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ ।

यस कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । युनिभर्सल पावरका सेयरधनीले सबैभन्दा धेरै ५.४७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोपावर, बुद्धभूमि नेपाल, आइसीएफसी फाइनान्स, युनाइटेड मोदीको शेयरमूल्य साढे ४ प्रतिशतले घटेको ।

गुराँस लघुवित्त, ग्रामीण विकास लघुवित्त, सेन्टर फाइनान्स, इन्फिनिटी लघुवित्त, सूर्य लाइफ, सिनर्जी पावर, एक्सल डेभलपमेन्ट बैंक र लक्ष्मी लघुवित्तको ४ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.