add

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा






ActPro Nepal

|

१२ फागुन, २०७८

|
616

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

यस आइपीओमा गोलाप्रथा मार्फत ७९ हजार ४५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आइपीओमा आवेदन दिएका २४ लाख ९९ हजार ९५२ जनाको हात रित्तो भएको क्यापिटलले जनाएको छ।

राष्ट्र उत्थानले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको हो ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट बाट पनि नतिजा हेर्न सकिनेछ ।

यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.