काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्ला दुई कारोबार दिनमा ४२ अंकले बढेको बजार आज दोहोरो अंकले घटेको हो ।
सूचकसँगै आज करोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले घटेर ३ अर्बमा सीमित भएको छ ।
बुधबार नेप्से १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँ बराबरको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष र हाइड्रोपावर बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०७ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.२२ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका २२८ कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावर साढे १२ करोड र हिमालयन डिस्ट्रीलरी ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड इदी मर्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, घलेम्दी हाइड्रो ९.२२, तेह्रथुम पावर ८.८४, रुरु जलविद्युत् ७.४८, सामलिङ पावर ६.८४, आरबीबी म्युचुअल फण्ड १, मध्यभोटेकोशी, बुद्धभूमि नेपाल र मैलुङखोलाको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।
घट्दो बजारमा आज प्रभु बैंकको डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.९६ प्रतिशत गुमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।