add

निर्वाचनका लागि आयोगले माग्यो झण्डै ९ अर्ब बजेट






ActPro Nepal

|

१० फागुन, २०७८

|
887

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेकाे छ।

मंगलबार आयाेगले पत्रचार गर्दै २०७९ बैशाखमा हुने निर्वाचनका लागि बजेट माग गरेकाे हाे।

आयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनकाे लागि माग गरेकाे भन्दा करिब ८१ करोड बढी हो।

पाँच वर्षमा भएको मुल्यबृद्धि, करिब ३८ लाख मतदाता थप हुनु, कर्मचारीको तलबमा भएको बृद्धिलगायत कारण निर्वाचन खर्च बढ्ने देखिएको आयोगले बताएको छ।

आयोगले भनेको छ,’विगतमा निर्वाचनको काममा संलग्न कर्मचारीलाई खाईपाई आएको तलबको १२१ प्रतिशत निर्वाचन सुविधा भएकोमा यस निर्वाचनमा सुरु तलब स्केलको १०० प्रतिशत हुने गरी बजेटमा प्रस्ताव गरिएको छ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.