add

पार्टीभित्र देखिएको एमसीसी विवाद सुल्झाउन नेकपा एसले बोलायो बैठक






ActPro Nepal

|

९ फागुन, २०७८

|
909

काठमाडौं  । नेकपा एस (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

सत्तारूढ दलका रुपमा एमसिसी संसदमा टेबल गर्न सहमति दिएको नेकपा समाजवादी (नेकपा एस)मा विवाद भएपछि केन्द्रीय सचिवालयको बैठक बोलाइएको हाे।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहिवेर अघि बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । उनकाअनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुंदैछ । 

नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे बिबाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसीसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा बिरोध जनाउँदै आएका छन् । 

अध्यक्ष नेपाल पक्षले एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ । अब परिमार्जनको बिषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले बताइन्। 

आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने नेकपा एसकी नेतृ पार्वती कुमारी विशुन्खेले जानकारी दिइन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.