add

दोहोरो अंकले घट्यो नेप्से, नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित






ActPro Nepal

|

४ फागुन, २०७८

|
847

काठमाडौं । पाँच दलीय गठबन्धनमा तीव्र मतभेदले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने विषयमा निर्णय नहुँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ ।

बुधवार संसदमा टेबल हुने हल्लाले उच्च अंकले बढेको नेप्से बुधवार भने दोहोरो अंकले घटेको छ ।

एमसीसी संसदमा लैजाने भएपछि जलविद्युत समूहमा लगानीकताृ आर्कषित भएका थिए ।

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बु्धवार २३१ कम्पनीको ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये ११ वटाको परिसूचक हरियो भएको छ भने २ वटाको घटेको छ । मंगलवारको तुलनामा कारोबार रकममा भने घटेको छ । त्यसदिन ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज गुँरास लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सामान्य वृद्धि भएको छ । बुद्धभूमी नेपाल हाइड्रोपावरको र मैलुङ खोला जलविद्युतको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । मैलुङ खोला ५ प्रतिशत, सिंगटी हाइड्रो ४.६९, सीईडीबी हाइड्रोपावर ४.०३, शिवश्री हाइड्रोपावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनाइटेड मोदी, राधी जलविद्युत् र वरुण हाइड्रोपावरको मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेशनल हाइड्रोका १७ करोड ७८ लाख र तेस्रो अरुण भ्यालीको १६ करोड र नेपाल दूरसञ्चार कम्पनीको १४ करोडको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.