add

एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक






ActPro Nepal

|

३ फागुन, २०७८

|
668

काठमाडौं ।   साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर किनबेच भएका छन् ।

सोमवारको तुलनामा कारोबार रकममा भने घटेको छ । त्यसदिन ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ बराबरकोरुपैयाँ कारोबार भएको थियो ।

कारोबारमा आएका १३ समूहका परिसूचक हरियो भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ १४ , होटल तथा पर्यटन ४९, निर्जीवन बीमा १८५, माइक्रोफाइनान्स १४५, जलविद्युत १३८ अंकले बढेको छ ।

विकास बैंक १२७, फाइनान्स ६५, उत्पादन समूह ३७ र लगानी समूह ३ अंकले बढेको छ । अन्य उपसमूह ७५ अंकले बढेको छ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ ।

त्यसैगरी, नारायणी विकास बैंक, राधी जलविद्युत्, जीवन विकास लघुवित्त, विजय लघुवित्त, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, नेरुडे लघुवित्त र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, आज एनआइसी एसिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज २२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेशनल हाइड्रोका १८ करोड ५३ लाख र तेस्रो नेपाल दूरसञ्चार कम्पनीको १८ करोड २३ लाखको कारोबार भएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.