add

बैंक तथा वित्तीय संस्थाले बढाए ब्याजदर,थोरै दिने स्ट्याण्डर्ड चार्टर्ड






ActPro Nepal

|

२ फागुन, २०७८

|
1087

काठमाडौं  । बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले फागुन १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २६ वटा बैंकको ब्याज १० प्रतिशत माथि पुगेको छ भने १ वटाको मात्र एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम रहेको छ ।

२७ वाणिज्य बचतको ब्याजदर बैंकले औसत १०.९७ प्रतिशत दिने गरी सूचना सार्वजनिक गरेका छन् ।

२६ वाणिज्य बैंक व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् ।

तीन महिना बैंकहरुले ब्याज बढाउन होडबाजी गरेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर अधिकतम सीमा तोकिदिएको थियो ।

बैंक तथा वित्तीय संस्थाले हरेकमहिना बचतमा दिने ब्याजदर र कर्जामा लिने ब्याजदर तोक्न पाउँछन्।

बेसरेटमा आधारित रहेर ब्याजदर बढाउने वा घटाउने निर्णय गरेको सूचना अघिल्लो महिनाको मसान्तभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।

विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्रै ब्याजदर १० प्रतिशतभन्दा कम राखेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले बचत मुद्दती निक्षेपमा अधिकतम ११.३ प्रतिशतसम्म ब्याज दिनेछ ।

नबिल बैंक

नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार नबिलले मुद्दती निक्षेपमा अधिकतम ११.३ प्रतिशतसम्म ब्याज दिनेछ ।

एनएमबि बैंक

एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा अधिकतम ११.३ ब्याज पाइने छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दती निक्षेपमा अधिकतम ११.३ प्रतिशतसम्म ब्याज पाइने छ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज रहेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज सार्वजनिक गरेको छ । फागुनदेखी लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म पाइने छ ।

सनराइज बैंक

सनराइज बैंकले सार्वजनिक गरेको ब्याजरमा मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज रहेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले सार्वजनिक गरेको ब्याजदमा मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज पाइने छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले मुद्दती खातामा ११.३ प्रतिशतसम्म ब्याज दिनेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले फागुन महिनाको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म रहेको छ ।

प्रभु बैंक

प्रभु बैंकले मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा ९.५ प्रतिशतसम्म ब्याज पाएने छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज दिनेछ ।

सिभिल बैंक

सिभिल बैंकले मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज दिनेछ ।

प्राइम बैंक

प्राइम बैंकले मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज दिनेछ ।

सानिमा बैंक

सानिमा बैंकको मुद्दती निक्षेप ११.३ प्रतिशतसम्म ब्याज रहेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म रहेको छ ।

नेपाल बैंक

नेपाल बैंकले फागुन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म पाइने छ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज दिनेछ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले फागुन महिनाको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले फागुनको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म रहेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले फागुन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा ११.३ प्रतिशतसम्म रहेको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म रहेको छ ।

मेगा बैंक

मेगा बैंकले ब्याजदर सार्वजनिक गरेको बैंकको मुद्दती निक्षेपमा ११.३ प्रतिशत ब्याज पाइने छ ।

कुमारी बैंक

कुमारी बैंकले फागुन महिनामा मुद्दती निक्षेपमा ११.३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

त्यस्तै विकास बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम ११.६५ प्रतिशतसम्म कायम गर्ने निर्णय गरेका छन्।

फाइनान्स कम्पनीले पनि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

फागुनका लागि प्रायः सबै फाइनान्स कम्पनीले व्यक्तिगत मुद्दतीमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा १०.७१ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

रेमिट्यान्स एकाउण्टमा राष्ट्र बैंकको व्यवस्था अनुसार १ प्रतिशत बढी ब्याजदर दिँदा १२.७१ प्रतिशत कायम हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.