काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।
साताको कारोबारको दोस्रो तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन्
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड समूह सबैभन्दा धेरै ०.४८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह १.५४ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका २३० कम्पनीमध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३६ करोडको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर ३३ करोड र निफ्रा ३२ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ६.२७ प्रतिशतले घटेको छ । त्यसैगरी, नेपाल हाइड्रो ५.१८, बोटलर्स नेपाल ३.९५, युनिभर्सल पावर ३.६३, तेह्रथुम पावर ३.२५, अपर तामाकोशी ३.०९, हिमालयन पावर, एचआइडीसीएल, छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा लगायत १ दर्जन कम्पनीके सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ।
घट्दो बजारमा आज नेपाल इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले बढेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।