add

राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन ४ गतेदेखि खुल्ने, कति दिने आवेदन ?






ActPro Nepal

|

२५ माघ, २०७८

|
928

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ०.५ प्रतिशत (१३ हजार कित्ता ) संस्थाका कर्मचारी र ५ प्रतिशत (४२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

संस्थाकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।







एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.