add

दोहोरो अंकले बढ्यो नेप्से, परिसुचक २८५१ अंक पुग्दा ५ अर्ब २ करोडको कारोबार






ActPro Nepal

|

२४ माघ, २०७८

|
557

काठमाडौं  । काठमाडौं  । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँ बराबरको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १० वटाको परिसूचक हरियो भएको छ भने ३ वटाको घटेको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ ३ , होटल तथा पर्यटन ४ अंक र माइक्रोफाइनान्स ४ अंकले घटेको छ । निर्जीवन बीमा ७६, जलविद्युत ६अंकले बढेको छ ।

विकास बैंक २६, फाइनान्स ८, उत्पादन समूह ३४ र जीवन बीमा समूह १२४ ,अन्य उपसमूह ५४ अंक र लगानी समूह २ अंकले बढेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ ।

दोहोरो अंकले बढेको बजारमा निफ्राको सेयर मूल्य सबैभन्दा ८.४२ प्रतिशतले बढेको छ । त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ६.८३, सानिमा लाइफ ५.०४, नेशनल हाइड्रो ४.६६, बोटलर्स नेपाल ४.६१, नेपाल हाइड्रो डेभलपर ४.१७, एचआइडीसीएल, युनाइटेड इदीमार्दी, ज्योति लाइफ, नेपाल टेलिकम, लाइफइन्स्योरेन्स नेपाल, सानिमा जनरल र रिलायन्स लाइफको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४.५७ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस कम्पनीको आज ४९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.