काठमाडौं । भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ ।अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ ।
घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ । १७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए । सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १७६ रनमा समेटियो । वेस्ट इन्डिजका जासन होल्डरले सर्वाधिक ५७ रन बनाए ।
फाबियन एलनले २९ र निकोलस पुरन तथा ब्राभोले १८–१८ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले सर्वाधिक चार विकेट लिए । दोस्रो एकदिवसीय आज हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।