add

दोहोरो अंकले घट्यो नेप्से, परिसुचक २८७१ अंक पुग्दा ५ अर्ब १५ करोडको कारोबार






ActPro Nepal

|

१७ माघ, २०७८

|
483

काठमाडौं। शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.४८ अंकले घटेर २८७१.५ विन्दुमा झरेको छ । आइतवार शेयर बजारमा उछाल आएको थियो । त्यसदिन १०५ अंकले बजार बढेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२५ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५५९ रुपैयाँ बराबरको १ करोड, १ लाख ५ हजार ५९८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । आइतवार ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये १० वटाको परिसूचक राताम्मे भएका छन् भने ३ वटा हरियो भएको छ । दोहोरो अंकले घटेको बजारमा बैंकिङ १९ , होटल तथा पर्यटन २३, निर्जीवन बीमा १७८, जलविद्युत २३ अंकले घटेको छ ।

विकास बैंक ११०, फाइनान्स ४३ उत्पादन समूह ७१ र जीवन बीमा समूह २२१ अंकले घटेको छ । अन्य उपसमूह २८ अंक, माइक्रोफाइनान्स ३० र लगानी समूह २ अंकले बढेको छ ।

सोमवार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ८.९७, एचआइडीसीएल ७.३७, सीईडीबी हाइड्रोपावर ७.१८, जीवन विकास लघुवित्त ५.४२, एनआरएन इन्फ्रस्ट्रक्चर ४.४२, लिबर्टी इनर्जी, महुली सामुदायिक लघुवित्त र नेपाल टेलिकमको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५७ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।

अपर तामाकोशीको शेयरको ३१ करोडको कारोबार भएको छ । नेपाल टेलिकमको ३१ करोडको कारोबार भएको छ ।

त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, सिभिल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, पञ्चकन्यामाइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.