add

शेयर बजारको ओरालो यात्रा रोकियो,२ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट






ActPro Nepal

|

१३ माघ, २०७८

|
419

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३३ अंकले बढेको छ । 

आइतबारदेखि ओरालो लागेको बजार ४ दिनमा नेप्से १४५ अंकले घटिसकेको थियो । आज सूचक झिनो अंकले बढेपनि कारोबार रकममा पनि ठूलो गिरावट आएको छ ।

साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३.२९अंकले बढेर २७७९.९३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३४ कम्पनीको ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ बराबरको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच भएका छन् ।

बुधवार तुलनामा कारोबार रकममा गिरावट आएको छ । त्यसदिन ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको थियो ।

सामान्य अंकले घटेको बजारमा बैंकिङ ४, विकास बैंक २१, होटल तथा पर्यटन २१, जीवन बीमाको उपसमूह १ अंकले घटेको छ।

निर्जीवन बीमा १३२, उत्पादन समूह २५, जलविद्युत ५ अंकले बढेको छ । फाइनान्स १४, लगानी समूह ०.४८, माइक्रोफाइनान्स ५ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ ।

यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, सीईडीबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८, एनआरएन इन्फ्रस्ट्रक्चर ७.१६, पोखरा फाइनान्स ५.२०, नेशनल माइक्रोफाइनान्स ५.०२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सिटिजन्स म्युचुअल फण्ड २, नबिल ब्यालेन्स फण्ड ३, मानुषी लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड बढीको कारोबार भएको छ । नेपाल टेलिकम र अपी पावरको ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहेका छन् ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.