काठमाडौं । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा तीन हजार ४० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी संक्रमणबाट ८ जनाको निधन भएको छ ।
हाल देशभरि सक्रिय संक्रमितको संख्या बढेर ८८ हजार ९३४ पुगेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् ।
Comment