add

एकै पटक ६ कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति, कुनको कति कित्ता आउँदै ?






ActPro Nepal

|

११ माघ, २०७८

|
645

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबन) ले ६ कम्पनीलाई प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति दिएको छ ।

बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।

जसमध्ये बलेफी हाइड्रो पावर कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको कूल ३६ लाख ५५ हजार ९४० कित्ता आइपिओ जारी गर्ने अनुमति प्रदान गरेको छ । बेलफी हाइड्रोपावरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

त्यस्तै, ग्रिन भेञ्चर्स लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको उक्त आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । 


नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न अनुमति प्राप्त गरेको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ताका लागि अनुमति पाएको छ । विक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ताका लागि अनुमति पाएको छ । कम्पनीको आइपिओ विक्री प्रवन्धकमा एनआइविएल एस क्यापिटल रहेको छ भने इमर्जिङ नेपाल लिमिटेडले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आइपिओ निष्काशनको अनुमति पाएको छ । कम्पनीको विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.