काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ९९ दशमलव ८६ अंकले घटेर २ हजार ८ सय २० दशमलव ६५ बिन्दुमा पुगेको हो । कूल कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८.०८ अंकले घटेर ५२६.०३ मा पुगेको छ ।
यसदिन नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । कूल २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ मूल्यमा कारोबार भयो । आजको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ८६ अर्ब ११ करोड २८ लाख ४० हजारको हाराहारीमा रहेकाे छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैकिङ ५४.२७, व्यापार ११३.६५, होटल तथा पर्यटन १०७.७६, विकास बैंक २३४.२७, जलविद्युत् १५५.८७, वित्त ११०.७८, निर्जीवन बीमा ५०६.७८, उत्पादन २४४,अन्य ८१.४१, लघुवित्त १८३.७५, जीवन बीमा ५६९.७९, सामूहिक लगानी कोष ०.३६ र लगानी ३।२३ अंकले ओरालो लागेको छ ।
कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ३४ लाख २४ हजार १५२ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक ३६ करोड ७३ लाख ६४ हजार ५२७, अरुण भ्याली हाइड्रोपावर ३० करोड ४९ लाख ६६ हजार ८९५, माथिल्लो तामाकोशी २० करोड २६ लाख १३ हजार ५६५ र नेपाल दूरसञ्चार कम्पनी १९ करोड ४२ लाख ८७ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार बिन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको पनि शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । ज्योति लाइफ इन्स्योरेन्स १.८२, गुर्खाज फाइनान्स १.५१, र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले १.५० प्रतिशतले कमाए । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक ७.८२, माउण्टेन हाइड्रो नेपाल ७.७१, आशा लघुवित्त ७.१०, ओरियण्टल होटल ७.०९ र सामलिङ पावर कम्पनीका शेयरधनीले ६.८८ प्रतिशतले गुमाए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।