add

२३ वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण : कुनको मुनाफा कति ?






ActPro Nepal

|

७ माघ, २०७८

|
1444

काठमाडौं । हालसम्म विभिन्न २३ वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नबिल बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, लक्ष्मी बैंक लगायत २३ वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । हिमालयन बैंक, नेपाल बैंक, सनराइज बैंक र एनएमबिले वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।   

हेर्नुहोस्, कुन वाणिज्य बैंकले कति नाफा कमाए ?     

नबिल बैंक      

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले रू. २ अर्ब १८ करोड १४ लाख २० हजार खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा यो नाफा ८ दशमलव २० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा रू. २ अर्ब १ करोड ६० लाख २३ हजार थियो । वितरणयोग्य नाफा यस अवधिसम्म रू. १ अर्ब ४५ करोड ८ लाख ६० हजार छ । यो नाफा गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ८४ करोड २९ लाख ६१ हजार थियो ।    

नेपाल बङ्गलादेश बैंक

नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८१ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत कम हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.३४ प्रतिशत घटेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ । 

एनआईसी एशिया बैंक 

एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ अर्ब ४० करोड २० लाख ६६ हजार खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १६ दशमलव ५७ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा रू. २ अर्ब ६ करोड ५ लाख ३७ हजार थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ८५ करोड ९३ लाख ९० हजार छ ।  

सानिमा बैंक 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा बैंक लिमिटेडले रू. १  अर्ब ७ करोड ७० लाख ६८ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा रू. १ अर्ब ६ करोड २७ लाख ९६ हजार थियो । शुक्रवार सार्वजनिक उक्त अवधिको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ दशमलव ३४ प्रतिशत बृद्धि भएको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५७ करोड ८२ लाख ४३ हजार छ । 

ग्लोबल आइएमई बैंक  

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडले रू. २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार बैंकको यो नाफा १५ दशमलव ०४ प्रतिशत बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा रू. २ अर्ब ३१ करोड ५१ लाख १८ हजार थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार छ ।   

प्रभु बैंक   

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंकले रू. १ अर्ब २६ करोड २० लाख १० हजार खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको यस अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १६ दशमलव ९० प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५३ करोड ६१ लाख ८७ हजार छ ।

सिटिजन्स बैंक 

सिटिजन्स बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २३ करोड रूपैयाँ नाफा गरेको हो । जुन गत आवको यही अवधिभन्दा ३६ करोड रूपैयाँ बढी हो । बैंकले गत वर्षको पुस मसान्तसम्म ८७ करोड ५१ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७४ करोड ५९ लाख रूपैयाँ छ ।  

सिभिल बैंक 

सिभिल बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म ५० करोड रूपैयाँ नाफा गरेको छ । बैंकले गत वर्षको पुस मसान्तसम्म २० करोड २८ लाख रूपैयाँमात्र रूपैयाँ खुद मुनाफा गरेकामा यस्तो नाफा १५० प्रतिशतले बढाएको हो । बैंकले सार्वजनिक गरेको यस अवधिको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रूपैयाँ छ ।

माछापुच्छ्रे बैंक   

माछापुच्छ्रे बैंक चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म एक अर्ब १ करोड रूपैयाँ खुद मुनाफा गरेको छ । जुन गत आवको पुस मसान्तभन्दा २१ करोड रूपैयाँ बढी हो । बैंकले सार्वजनिक गरेको यस अवधिको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रूपैयाँ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.३८ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २५ करोड ५७ लाख रुपैयाँमा रहेको छ ।

कुमारी बैंक 

कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २१.७७ प्रतिशत कम हो । गत वर्षको यस अवधिमा बैंकले १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १३ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्षको यस अवधिमा बैंकको वितरणयोग्य नाफा ६३ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।  

सिद्धार्थ बैंक 

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा ६८ करोड ८३ लाख रुपैयाँ छ ।  

राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अविधमा बंैकले १ अर्ब ९१ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यस अविधमा बैंकको नाफा १ अर्ब ७४ अर्ब करोड थियो । बैंकले यस अवधिमा करिब १० प्रतिशतले नाफा बढाउन सफल भएको हो ।  

कृषि विकास बैंक 

कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ४२ करोड २५ लाख रूपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको यही अवधिभन्दा १० करोड रूपैयाँ बढी हो । बैंकले गत वर्षको पुस मसान्तसम्म १ अर्ब ३२ करोड १६ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रूपैयाँ छ ।   

सेन्चुरी कमर्सियल बैंक 

सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ७२ करोड २१ लाख रुपियाँ खुद नाफा गरेको छ । गत बर्ष सोही अवधिमा बैंकले ४६ करोड ६६ लाख रुपियाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपियाँ पुगेको छ ।  

एभरेष्ट बैंक  

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा १२.७८ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको नाफा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ९६ करोड १९ लाख ४ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड ११ लाख ७ हजार रुपैयाँ रहेको छ । 

एनसीसी बैंक

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९० करोड ५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिसम्म बैंकले ६१ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ४९ लाख रुपैयाँ रहेको छ ।  

प्राइम बैंक

प्राइम बैंकको नाफा करिब ८ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको ६ महिनाको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा नाफा ७.७३ प्रतिशतले घटेको हो । प्राइम बैंकले ६ महिनामा १ अर्ब ६७ करोड नाफा गरेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ८१ करोड नाफा गरेको थियो ।

बैंक अफ काठमाण्डू 

बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७१ करोड ९३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।  

लक्ष्मी बैंक

लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८१ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले ८० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५३ करोड रुपैयाँ छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक  

स्ट्यान्डर्ड चार्टर्ड बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९.३६ प्रतिशतले नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा बैंक एक अर्ब ८ करोड नाफा कमाएको हो । गत वर्ष यही अवधिसम्म बैंकले ७२ करोड ७६ लाख ३९ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

मेगा बैंक

मेगा बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७.३२ प्रतिशतले नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा बैंक एक अर्ब ३९ करोड ९९ लाख नाफा कमाएको हो । गत वर्ष यही अवधिसम्म बैंकले एक अर्ब करोड ३० लाख ४४ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नेपाल एसबीआइ बैंक   

नेपाल एसबीआइ बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२.०४ प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ७८ करोड २७ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५१ करोड ४८ लाख ५९ रुपैयाँ नाफा आर्जन गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.