add

शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द गरिने






ActPro Nepal

|

७ माघ, २०७८

|
497

काठमाडौं। नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङग्रहालय बन्द गर्ने निर्णय गरेको थियो।

आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

राजधानीमा हनुमानढोका दरबार संग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत संग्रहालय छन्। कोरोना बढ्दै गएपछि सरकारले भीडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय पनि बन्द गर्न लागेको हो। अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको विज्ञप्तिमा उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.