add

ग्लोबल आइएमई बैंक वित्तीय विवरण सार्वजनिक, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी






ActPro Nepal

|

७ माघ, २०७८

|
761

काठमाडौ। ग्लोबल आइएमई बैकको खुद नाफामा सामान्य सुधार आएको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५.०४ प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पौष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि १३.५७ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २२ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेकाे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.