add

शेयर बजारमा उच्च अंकको गिरावट, परिसुचक २८९८ अंक पुग्दा ६ अर्ब २ करोडको कारोबार






ActPro Nepal

|

५ माघ, २०७८

|
427

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलवारको तुलनामा कारोबार रकममा घटेको छ । त्यसदिन८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । दोहोरो अंकले बटेको बजारमा बैंकिङ १४ , होटल तथा पर्यटन ७८, अन्य उपसमूह ६० अंकले घटेको छ ।

निर्जीवन बीमा ११७, उत्पादन समूह १०९, जलविद्युत ५९ अंकले घटेको छ । विकास बैंक ६३, फाइनान्स ५२, लगानी समूह १ र माइक्रोफाइनान्स ७८ अंकले घटेको छ ।

बुधवार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ । अरुण भ्यालीको २० करोडको कारोबार भएको छ ।

त्यस्तै, आज घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.