काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन् ।
महामन्त्री शर्माले बुधबार समाजिक सञ्जाल ट्वीटरमार्फत आफू पुन: कोरोना संक्रमित भएको जानकारी गराएका हुन् ।
उनले सपरिवार नै कोरोना संक्रमित भएको जनाए । सार्वजनिक कार्यक्रममा सर्तकता नअपनाएका कारण आफू र परिवार संक्रमित भएको उनकाे भनाइ छ ।
शर्माले लेख्छन्,‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु ।’
संक्रमणले ग्रस्तभएपछि ललिपुरस्थित मेडीसीटी अस्पतालमा पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट पोजेटिभ आएको उनले जनाएका छन् ।
८ महिनाअघि पनि उनी संक्रमित भएका थिए ।
८ महिनापछि फेरि सपरिवार संक्रमित !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 19, 2022
सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु l लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR,आज सबैको रिपोर्ट-Positive lचिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन lएकसातामा फर्किन्छु काममाl
सम्पर्क असुविधामा क्षमा चाहन्छु !
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।