add

देशभरको मौसममा सुधार, झरीको अवस्था छैन : मौसमविद्






ActPro Nepal

|

२९ पुष, २०७८

|
491

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । बुधबारको तुलनामा आजदेखि मौसममा केही सुधार आउने उनले बताइन् ।

बासीका अनुसार हालको लागि झरीको अवस्था नरहने र देशभरको मौसममा सुधार आउने अवस्था देखिएपनि सामान्य बदली भने रहने छ । जाडो समय नै भएकाले बिहान बेलुका चिसो भएपनि दिउँसोको तापक्रममा भने थोरै बढ्ने मौसमविद् बासीले जानकारी दिइन् । 

शुक्रबार प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.