काठमाडौं । नेपाली कांग्रेस संसदीय दलक बैठक सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकले सोमबार बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा तय गर्ने बताइएको छ।
बैठकमा गृहमन्त्री रवि लामिछानेले आइतबार संसद्मा गरेको सम्बोधनबारे समेत छलफल हुने जनाइएको छ।
कांग्रेसले सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ।
यसअघि आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।