काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पनि ऐतिहासिक बिन्दुमा पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा त्यसको प्रभाव परिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेर त्यसअघिका सबै रेकर्ड तोडेको थियो ।
सुन मात्रै नभई चाँदीले पनि दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँ कायम भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।