add

एन्फा बैठक आज पनि बस्दै, यी हुन् एजेण्डा






ActPro Nepal

|

२३ पुष, २०७८

|
732

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्णकालीन कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । पहिलो दिन बिहीबार सबै  एजेण्डामाथि छलफल नसकिएपछि बैठक आज बिहान ९ बजे बस्न लागेको हो । 

बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिको बैठक बोलाएका हुन् । 

पंकज विक्रम, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा तथा सदस्य किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले बैठक तय गरेको थियो । 

एन्फाले १५ पुसमा १९ एजेन्डा बनाएर बैठक बस्ने आफ्ना सदस्यलाई पत्र पठाएको थियो । त्यसपछि विधान अनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेन्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेन्डा थप माग गरेका थिए । एन्फा सचिवालयले राईको मात्रै एजेण्डा थप गरेको थियो । 

२० पुसमा एन्फा पूर्वअध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा राख्न पठाएको पत्रले कार्यसमितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रुपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.