add

नेप्से ४३ अंकले घट्दा ४ अर्ब ६७ करोडको कारोबार






ActPro Nepal

|

२२ पुष, २०७८

|
635

काठमाडौँ । साताको कारोबार अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ ।

बिहीवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको हो । बुधबार ३० अंकले घटेको शेयर बजारमा आजभने कमब्याक भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको ४ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ वटामा बढेको छ भने २ वटा राताम्मे भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ३५ , होटल तथा पर्यटन ८८, निर्जीवन बीमा २४३, माइक्रोफाइनान्स ५३, जलविद्युत ७२ अंकले बढेको छ ।विकास बैंक ८८, फाइनान्स २७ , लगानी १ अंक, र अन्य उपसमूह २० अंकले उत्पादन समूह ५ र लगानी समूह १९ अंकले घटेको छ ।

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी र मैलुङ खोला जलविद्युत्को सेयर मूल्य साढ ५ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त, सेञ्चुरी कमर्शियल बैंक, एनआइसी एशिया बैंक र माउन्टेन इनर्जीको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

चन्द्रागिरि हिल्स, युनाइटेड इदी मार्दी, साहस ऊर्जा, फर्स्ट माइक्रोफाइनान्स, हिमालयन पावर, सिनर्जी पावर र नेपाल एसबीआइ बैंकको मूल्य पनि साढे ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ३७ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैकको १३ करोड ५२ लाखको कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्सको १० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

नेपाल बंगलादेश बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.५३ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.