काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।
राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमपात हुनसक्ने आँकलन गरिएको छ ।
बिहीबार देशका पहाडी भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ । प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।